बसन्तपुर टोलाएर हेर्दा

on Friday, April 10, 2009

शनिबारको दिन भन्नासाथ यो मन हलुका भएर आउछ। गत साता शनिबार बसन्तपुर घुम्ने साइत जुरेछ मलाई। मेरो साथी हुनुहुन्थ्यो गजेन्द्र लोहोरुङ। खुड्किला खुड्किला चारैतिर तह तह बनाइएको बिचबाट चड्ने बाटो उच्च ठाउँमा अबस्थित मन्दिरमा बसेर अबलोकन गर्नेको सख्या कम चापिलो हुँदैन। बस्ने ठाउँ पाउनै अप्ठ्यरो हुने। हामी पनि जहाँ सागुरो त्यही चापिलो हुन गयौ। भनेको ठाउमा सिट कहाँ पाउन नि? सर्दै सर्दै बल्ल तल्ल आठरौ सताब्दीमा निर्मित महल अगाडि तारले बारेको घेराभित्र ठिङग उभिएको सैनिक जवान हेर्न आईपुग्यौ।

महलको तारिफ गर्दै अझ गफिन सुरु गर्यौ। तलतिर हेर्दा आवत जावत गर्नको सख्या बाक्लिदै थियो। स्वदेशी बिदेशी उत्तिकै देखिन्थे।
हामी पनि के कम, एक्काईसौ शताब्दीको उतर आधुनिक्ता जस्तै थियो हाम्रो गफ। राणाकालिन महल देखी युबायुबती सम्म। राणा कालमा बनाइएको महल त्यस बेलाका लागि रबाफिलो सान देखी लिएर अहिलेको युबापुस्ता आफ्नो भन्दा अरुलाई देखाएर केही बेर मन भुलाउने माद्यम सम्म।
बिदेशी पर्यटकहरु उत्सुक्ताका साथ घाटीमा झुन्डाएको क्यमेरा सोझ्याएर फोटो खिच्न ब्यस्त देखिन्थे। कोही बिदेशी मन्दिरमा बसेर हातमा किताब च्यपेर टोलाएर बसिरहेका देखिन्थे।
उ हेर न! के सोचेर बसेको होला ति खैरेले? छेउबाट निस्किएर आयो एउटा आवाज। घरी न घरी कतै न कतै बाट आवाज निस्किरहन्थ्यो। बसन्तपुरको आगन साझ परेपछी युवा पुस्ताको लागि रमनिय बन्दोरहेछ। आँखा भने महलको सुन्दरता त युबा युबतीहरुको रुप रङ अगाडि केही रहेनछ। कसका लागि के असली सुन्दरता भन्ने कुरा निर्क्योल गर्न गाह्रो।
ठिटा ठिटीहरुको मस्का मस्कीले दरबार अझ सुन्दर भएजस्तो महसुस हुन्थ्यो। आफ्नो आफ्नो समुहमा बसेर हासो मजा गरिरहेको युबा युबतीले भरिएको ठाउँ लगभग तीन घण्टे बसाइपछी हामी त्यहा बाट लाग्यौ। मन्दिरको पेटीबाट तल आगनमा भिड लागेको हेर्दा रमाइलो लागेता पनि गाई गोरु मोटरसाइकल र मान्छेको भिड्मा हराउदा भने पार पाउन मुस्किल भएको थियो।
थचक्क बसेको बसन्तपुर दरबार नेपालको प्राचिन कला देखी पश्चिमेली कला सम्म पर्यटकलाई एक नौलो अनुभुती भएको होलान। तर मन भने कला भन्दा युबा युबतीको बाक्लो उपस्थितिले ध्यान खिछेको थियो।
सुन्दरताको पारीभषा अझै पनि अबुझ नै जस्तो लगिरहेछ। के बसन्तपुर दरबारको ऐतिहासिक सुन्दरता र मस्किएर हिंडेका युबा पिडी को सुन्दरताको बुझाई एकै हो त?
गजेन्द्र लोहोरुङ अझै मौन हुनुहुन्छ।

0 comments:

Post a Comment